काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २,५७४.६५ विन्दुमा पुगेको छ।
आज बजारमा १ करोड १२ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ९३ करोड ५ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १४० वटाको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बढ्ने कम्पनीतर्फ कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ। स्नो रिभरको ६.४० प्रतिशत, लक्ष्मी भ्यालु फन्डको ६ प्रतिशत, मेगा म्युचुअल फन्डको ६ प्रतिशत तथा चिरखुवा हाइड्रोपावरको ५.१५ प्रतिशतले सेयर मूल्य बढेको छ।
त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
हिमाल दोलखाको १९ करोड २३ लाख, पीपल्स् हाइड्रोपावरको १४ करोड ९ लाख, सोना मिनिरल्स्को ११ करोड ९९ लाख, हिमालयन पार्टनरको ११ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
बढ्ने कम्पनीको संख्या केही बढी रहेसँगै समग्र बजार परिसूचकमा सामान्य सुधार देखिएको हो।

































