National life
cg eloctronics

सामान्य अंकले बढ्यो नेप्से, यी कम्पनीको सेयर मूल्यमा उछाल

नेप्से बढ्दा यी कम्पनीको सेयर मूल्यमा वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२६ असोज २०८३, सोमबार
409Shares
सामान्य अंकले बढ्यो नेप्से, यी कम्पनीको सेयर मूल्यमा उछाल
ncell

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य बढेको छ । नेप्से ४ अंकले उकालो लाग्दै २,५९५.८१ बिन्दुमा पुगेको हो ।

आज ३५४ कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमबार कारोबार भएका कम्पनीमध्ये १०५ वटाको सेयर मूल्य बढेको छ भने १६५ वटाको मूल्य घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आजको कारोबारमा धौलागिरी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४ रुपैयाँले बढेर १,२५९ रुपैयाँ पुगेको हो ।

त्यसैगरी, स्नो रिभर्सको सेयर मूल्य १३.९२ प्रतिशतले बढेको छ । बुङ्गल हाइड्रोपावरको सेयर मूल्य ४.७५ प्रतिशत र कामना सेवा विकास बैंकको डिबेञ्चर २०८७ को मूल्य ४.११ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा, अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचकमा भने सामान्य सुधार देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?