काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ । यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता हो । सेवा अन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘Free WorldLink Wi-Fi’ र ‘Time Back’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यी प्रतिबद्धता मार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।
1. 2रुन्तै‘तुरुन्तै’: दुई घण्टाभित्र समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट
ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको समयदेखि दुई घण्टाभित्र समस्या समाधान गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ । तोकिएको समयभित्र समाधान हुन नसकेमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
वर्षाका कारण मर्मत कार्य रोकिनुपरेमा वर्षा रोकिनेबित्तिकै प्रक्रिया पुनः अघि बढाइनेछ । कार्यालय समय ४ बजे पछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजे कार्यालय समय सुरु भएदेखि ‘तुरुन्तै’ प्रक्रिया लागू हुनेछ । यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि लागू हुनेछ ।
2. “Free WorldLink Wi-Fi”: सबै ग्राहकका लागि, एक ट्यापमै
वर्ल्डलिंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको निःशुल्क वाइफाइ सेवालाई अझ सहज बनाएको छ । अब ग्राहकले myWorldLink एपबाटै एक ट्यापमा वर्ल्डलिंक वाइफाइ हटस्पटमा जोडिन सक्नेछन् । यो सेवा असीमित (अनलिमिटेड) छ र वर्ल्डलिंकका सबै ग्राहकले कुनै बन्देजविना प्रयोग गर्न सक्नेछन् ।
3.‘Time Back’: व्यापक इन्टरनेट सेवा अवरोधमा एक दिनको क्षतिपूर्ति
एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी सेवा अवरुद्ध भई त्यसको अवधि तोकिएको सीमाभन्दा लामो भएमा ग्राहकलाई क्षतिपूर्ति स्वरूप एक दिनको इन्टरनेट सेवा थप गरिनेछ । क्षतिपूर्ति प्राप्त गर्न ग्राहकले myWorldLink एपमार्फत आफैँ क्षतिपूर्तिकालागि अनुरोध (Compensation Request) दर्ता गर्न वा नजिकैको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन्। यो सुविधा वर्ल्डलिंकका सबै ग्राहकका लागि लागू हुनेछ ।
गतिसँगै भरपर्दो सेवाको प्रत्याभूति
‘ढुक्कको कनेक्सन’ सेवा मार्फत वर्ल्डलिंकले इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई पनि उत्तिकै प्राथमिकता दिएको जनाएको छ । कम्पनीका प्रमुख प्रविधि अधिकृत (CTO) रविन्द्रमहार्जन अनुसार यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंक रोजेकोमा ढुक्क बनाउनेछन् ।
सेवा मार्फत वर्ल्डलिंकले ‘अब ढुक्क हुनुहोस्, तपाईंको कनेक्सनको जिम्मेवारी हाम्रो’ भन्ने सन्देश अघि सारेको छ |
वर्ल्डलिंकबारे
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी हो। ११ लाखभन्दा बढी फाइबर (FTTH) ग्राहक र करिब ३५ प्रतिशत बजार हिस्सासहित कम्पनीको सेवा हाल नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ। अत्याधुनिक प्रविधि, निरन्तर पूर्वाधार विस्तार र ग्राहककेन्द्रित सेवामार्फत देशभरका घरपरिवार, व्यवसाय तथा समुदायलाई भरपर्दो इन्टरनेट पहुँच प्रदान गर्ने लक्ष्यका साथ कम्पनी निरन्तर अघि बढिरहेको छ।

































