National life
cg eloctronics

मोबाइलमा चेतावनीको आवाजसहित सन्देश आउँदै, नआत्तिन गृह मन्त्रालयको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.6kShares
मोबाइलमा चेतावनीको आवाजसहित सन्देश आउँदै, नआत्तिन गृह मन्त्रालयको आग्रह
muktinatha bikash bank

काठमाडौं । बाढी, पहिरो र भूकम्पजस्ता विपद्को जोखिमबारे नागरिकलाई तत्काल जानकारी गराउने उद्देश्यले सरकारले आज काठमाडौंका केही क्षेत्रमा मोबाइलमार्फत आपत्कालीन चेतावनी सन्देश पठाउने परीक्षण गर्दैछ।

गृह मन्त्रालयका अनुसार नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको परीक्षण सोमबार साँझ ५ः३० बजे नेपाल टेलिकमको २जी मोबाइल सञ्जालमार्फत गरिनेछ। परीक्षणका क्रममा तोकिएका क्षेत्रभित्र रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित सन्देश प्राप्त हुन सक्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मन्त्रालयले परीक्षणका क्रममा मोबाइलमा सन्देश प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया वा थप कारबाही नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

परीक्षण सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा प्राप्त हुनेछ। सन्देशमा ‘यो परीक्षण सन्देश हो’ र ‘टेस्ट अलर्ट’ उल्लेख हुनेछ। एउटै सन्देश एकभन्दा बढी पटक पनि आउन सक्ने मन्त्रालयले जनाएको छ।

everest bank

सेल ब्रोडकास्ट प्रणालीमार्फत बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा तत्काल पूर्वसूचना र सुरक्षासम्बन्धी जानकारी पुर्‍याउन सकिनेछ। यसले विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

मोबाइलमा चेतावनीको आवाजसहित सन्देश आउँदै, नआत्तिन गृह मन्त्रालयको आग्रह | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस