National life
cg eloctronics

डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट भयो खर्बौंको कारोबार

मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा आकर्षण, एक महिनामै ८ खर्बभन्दा बढीको कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१४ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
916Shares
डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट भयो खर्बौंको कारोबार
muktinatha bikash bank

काठमाडौं । नेपालमा डिजिटल भुक्तानीप्रतिको आकर्षण बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असोज महिनामा मोबाइल बैंकिङ, क्यूआर कोड र डेबिट कार्डमार्फत मात्रै ८ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा मोबाइल बैंकिङमार्फत सबैभन्दा बढी कारोबार भएको छ । यस अवधिमा मोबाइल बैंकिङबाट ६ करोड ५९ लाख ६७ हजार कारोबार हुँदा ६ खर्ब २ अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, क्यूआर कोडमार्फत ७ करोड ८१ लाख ४५ हजार कारोबार भएको छ । यस माध्यमबाट कुल २ खर्ब ७ अर्ब ५४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसैगरी, डेबिट कार्डमार्फत ९८ लाख ६५ हजार कारोबार हुँदा ८३ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

everest bank

तथ्यांकअनुसार कारोबार संख्याका आधारमा क्यूआर कोड अगाडि देखिएको छ भने कारोबार रकमका आधारमा मोबाइल बैंकिङ पहिलो स्थानमा रहेको छ । यसले नेपालमा डिजिटल भुक्तानीका माध्यमको प्रयोग र पहुँच विस्तार हुँदै गएको संकेत गर्छ ।

यो समाचार शेयर गर्नुहोस्
916SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?