National life
cg eloctronics

बीमा प्राधिकरणका अध्यक्ष थापालाई राष्ट्र बैंकको आईटी विभागको नेतृत्व

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
1.4kShares
बीमा प्राधिकरणका अध्यक्ष थापालाई राष्ट्र बैंकको आईटी विभागको नेतृत्व
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजनविक्रम थापालाई सूचना प्रविधि विभागको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि माइक्रोफाइनान्स सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थापालाई गभर्नर डा. विश्वनाथ पौडेलले विभागीय जिम्मेवारी हेरफेर गर्दै सूचना प्रविधि विभागमा पठाएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

थापा हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षसमेत छन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका उनी केही महिना मात्रै सेवा अवधि बाँकी रहँदा काजमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा गएका हुन् । राष्ट्र बैंकको सेवा अवधि समाप्त भएपछि पनि उनी बीमा प्राधिकरणको अध्यक्षकै नियमित जिम्मेवारीमा रहनेछन् ।

थापाले सम्हाल्दै आएको माइक्रोफाइनान्स सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी भने डा. रामशरण खरेललाई दिइएको छ । यसअघि सूचना प्रविधि विभागको नेतृत्व गरिरहेका खरेललाई माइक्रोफाइनान्स सुपरिवेक्षण विभागमा सरुवा गरिएको हो ।

everest bank

केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल प्रविधिमा सुरक्षा चुनौती बढिरहेका बेला थापालाई सूचना प्रविधि विभागको नेतृत्व दिइएको हो । यद्यपि, थापा काजमा बीमा प्राधिकरणमा रहेकाले राष्ट्र बैंकको सूचना प्रविधि विभागको नेतृत्व वरिष्ठ निर्देशक इन्जिनियर सौरभ दासले गर्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?