National life
cg eloctronics

एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
1.2kShares
एनसेल फाउन्डेसनद्वारा भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि सहयोग
muktinatha bikash bank

काठमाडौँ । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पु¥याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरी कक्षामा फर्कन सक्नेछन्। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

बाढीले यस क्याम्पसका संरचनामा व्यापक क्षति पु¥याएपछि तीन सयभन्दा बढी विद्यार्थीको अध्ययन प्रभावित भएको छ। अब नगरपालिका र क्याम्पस व्यवस्थापनसँगको सहकार्यमा एनसेल फाउन्डेसनले नियमित कक्षा संचालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पुर्वाधारमा सहयोग गर्नेछ। साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर र फर्निचर लगायत सुविधाहरू पनि उपलब्ध गराउनेछ। यसबाट विद्यार्थीहरूलाई सहज अध्ययन वातावरण तयार हुने र उनीहरूको शिक्षामा थप अवरोध नआउने अपेक्षा गरिएको छ।

everest bank

“हाम्रो क्याम्पसको कक्षा संचालनका लागि अतिआवश्यक शैक्षिक पुर्वाधारहरु सहयोग गर्नुभएकोमा हामी एनसेल फाउन्डेसनप्रति धेरै आभारी छौं। यो सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै हामी नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहन्छौं,” मेयर श्रेष्ठले भने।

शिक्षा क्षेत्र एनसेल फाउन्डेसनको प्राथमिकता रहँदै आएको छ र यो पहलले समुदायसँग नजिक रहेर उनीहरूको आवश्यकताअनुसार काम गर्ने फाउन्डेसनको शैलीलाई पनि झल्काउँछ। “हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौं। यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गरेर काम गर्नुपर्छ। विदुर नगरपालिकासँगको यो सहकार्य हाम्रो पहलको सुरुवात मात्र हो। हामी स्थानीय साझेदारहरूसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसहरुको पहिचान गरी सहयोग गर्नेछौं,” एनसेल फाउन्डेसनकी निर्देशक खड्काले भनिन्।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड राहत सहयोग प्रदान गरेको थियो।यसपश्चात अब प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता भएका विद्यालय तथा विद्यार्थीहरूको सहयोगका लागि स्थानिय पालिकसँगको प्रत्यक्ष सहकार्य तथा समन्वयमा समुदायको तल्लो स्तरसम्म पुगेर काम सुरु भएको छ।

यसको कार्यान्वयन हाम्रो साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ।नगरपालिका र स्थानीय समुदायसँग मिलेर एनसेल फाउन्डेसन र कर्मयोग फाउन्डेसनले प्रभावित क्षेत्रमा आवश्यकता मूल्याङ्कन गर्नेछन्। यसबाट पठनपाठन पुनः सुरु गर्न रनिरन्तरता दिन सहयोग आवश्यक रहेका अन्य विद्यालय तथा क्याम्पसहरू पहिचान गरिने छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?