काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ३ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।






























