काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि १०५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। मंगलबार ३ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






























