काठमाडौं । धनतेरसको दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






























