National life
cg eloctronics

एकैदिन सुनको भाउमा ठूलो उछाल, तोलाको कति पुग्यो ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.5kShares
एकैदिन सुनको भाउमा ठूलो उछाल, तोलाको कति पुग्यो ?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा बिहीबार उल्लेख्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले बढेको छ। बुधबार ३ हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

एकैदिन सुन र चाँदी दुवैको मूल्यमा भएको यो वृद्धिले नेपाली बजारमा बहुमूल्य धातुको कारोबार महँगो बनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?