National life
cg eloctronics

सुदूरपश्चिम प्रदेश सभामा दोश्रो पटक बजेट प्रस्तुत

आर्थिक मामिला मन्त्री मल्लले प्रस्तुत गरे ३७ अर्ब ७० करोड ४९ लाख ६७ हजारको बजेट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२५ असोज २०८३, आइतबार
368Shares
सुदूरपश्चिम प्रदेश सभामा दोश्रो पटक बजेट प्रस्तुत
ncell

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा एकै आर्थिक बर्षमा दोश्रो पटक बजेट प्रस्तुत भएको छ ।

यस अघि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा असार १ गते बजेट विनियोजन गरेपनि शत्तारुढ दल नेकपा एमालेले विचैमा समर्थन फिर्ता लगेपछि असफल भएको थियो । एमालेकै समर्थनमा साउन २९ गते नेकपा संसदीय दलका नेता खगराज भट्ट नेतृत्वमा नयाँ सरकार बनेको थियो । सो सरकार बनेको तनि महिना पछि आइतबार प्रदेश सभाको दोश्रे पटक बजेट प्रस्तुत गरिएको हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रमल्ले चालु आर्थिक बर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ४९ लाख ६७ हजार बराबरको बजेट आइतबार प्रदेश सभामा पेश गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा आन्तरिक परिचालन तर्फ १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व डाडफाडबाट १० अर्ब २४ करोड ९१ लाख ६६ हजार ।

संघिय रोयल्टि बाँडफाडबाट प्राप्त हुने ७ करोड । नेपाल सरकाबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख । अघिल्लो आर्थिक बर्षको विनियोजनबाट वचत हुने रमक ९ अर्ब ६५ करोड । सशर्त अनुदानबाट प्राप्त हुने रकम ६ अर्ब ३ करोड ५८ लाख । संघिय समपुरक अनुदानबाट प्राप्त हुने रकम अनुमानित रकम ३८ करोड ८० लाख र विशेष अनुदानबाट अनुमानित रकम ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको छ । 

चालु अािर्थक बर्षको बजेटमा प्रदेश सरकारले कृषि, रैथानेवाली संरक्षण, जलवायु परिवर्तनबाट हुने असर न्युनीकरण कार्यक्रम, भौतिक पूर्वाधार विस्ता लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सरकारले धार्मिक तथा पर्यटकिय क्षेत्र वडीमालिका, खप्तड लगायत क्षेत्रमा सडक पूर्वाधार, विद्युत विस्तार, केवलकार निर्माण गर्ने लगायतका योजना अघि सारको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
368SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?