National life
cg eloctronics

कोका–कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

यस अभियानमा हवाई तथा बस टिकट जित्ने सुवर्ण अवसर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
281Shares
कोका–कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ncell

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘भरौँ खुसी’ अभियान सुरू भएदेखि नै सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन् भने अरू धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दशैँ मनाउन घर जाने अवसर अझै बाँकी रहेको छ ।

भदौ १८ देखि कात्तिक २९ (तदनुसार सेप्टेम्बर ३ देखि नोभेम्बर १५, २०२६) सम्म लागू हुने यस योजनाले सहभागीहरूलाई दशैँ विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फ्यान्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेर भौचर जित्ने मौका प्राप्त गर्न आह्वान गर्दछ ।

कोका–कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले भन्नुभयो, “दशैँ भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो । नेपालीहरूका लागि दशैँमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । ‘भरौँ खुसी’ मार्फत हामी यीनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ ।”

यस अभियान अन्तर्गत विशेष टिभिसि (टेलिभिजन विज्ञापन) पनि प्रशारण भइरहेको छ जसमा कोका–कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ । उक्त टिभिसिमा दशैँमा घर फर्कँदा महसुस गरिने व्यग्र प्रतीक्षाका पलहरू र सँगै हुँदाका आत्मीय क्षणहरूलाई कलात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

विशेषतः काम, पढाई वा अन्य विविध कारणले आफ्नो गृहजिल्लाभन्दा टाढा बस्दै आएकाहरूका लागि दशैँ परिवारसँग सँगै हुने अवसर हो । यस अभियानले यी भेटघाटहरूको महत्त्वलाई उजागर गर्दछ । साथै, नेपालीहरूले वर्षदिनमा एकपटक आउने महान चाड आफ्ना प्रियजनहरूसँगै एकै ठाउँमा रही मनाउनका लागि गर्ने हरेक प्रयास र समर्पणलाई पनि ‘भरौँ खुसी’ अभियानले आत्मसात गर्दछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
281SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?