National life
cg eloctronics

नेपालको एकमात्र निर्जीवन बीमा कम्पनी, शिखरले फेरि जित्यो SAFA अवार्ड!

लगातार २ वर्ष SAFA को सम्मान! शिखर इन्स्योरेन्सले बनायो नयाँ पहिचान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ मंसिर २०८३, शनिबार
501Shares
नेपालको एकमात्र निर्जीवन बीमा कम्पनी, शिखरले फेरि जित्यो SAFA अवार्ड!
muktinatha bikash bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (SAFA) को वार्षिक प्रतिवेदन अवार्डमा लगातार दोस्रो वर्ष Certificate of Merit प्राप्त गरेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार आयोजित समारोहमा SAFA Best Presented Annual Report Awards, Integrated Reporting Awards and Corporate Governance Disclosure 2025 अन्तर्गत जनरल इन्स्योरेन्स विधामा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस वर्ष उक्त सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स एकमात्र निर्जीवन बीमा कम्पनी बनेको छ । गत वर्ष पनि कम्पनीले यो सम्मान प्राप्त गर्दै नेपालबाट उक्त मान्यता पाउने पहिलो बीमा कम्पनीको इतिहास बनाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

SAFA अन्तर्गतको Committee for Improvement in Transparency, Accountability and Governance ले आयोजना गर्ने यो अवार्ड दक्षिण एसियामा वित्तीय प्रतिवेदन, पारदर्शिता, संस्थागत सुशासन तथा जवाफदेहिताका क्षेत्रमा प्रतिष्ठित मानिन्छ । विभिन्न देशका कम्पनीहरूको वार्षिक प्रतिवेदनलाई वित्तीय विवरणको गुणस्तर, सूचनाको खुलासा, संस्थागत सुशासन र सेयरधनी तथा सर्वसाधारणसमक्ष कम्पनीको विवरण प्रस्तुत गर्ने स्पष्टताका आधारमा मूल्यांकन गरिन्छ ।

२२ वर्षको विश्वास र पारदर्शिताको निरन्तरता

लगातार दुई वर्ष अवार्ड प्राप्त गर्नु कम्पनीको पारदर्शी प्रतिवेदन प्रणाली र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको निरन्तरता भएको कम्पनीले जनाएको छ । २२ वर्षदेखि ‘Delivering Happiness’ नारासहित सेवा प्रदान गर्दै आएको शिखर इन्स्योरेन्सले विभिन्न क्षेत्रमा आफ्नो मजबुत उपस्थिति स्थापित गरेको छ ।

everest bank

कम्पनीलाई ICRA Nepal ले AA- क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय क्षमता तथा बीमितप्रतिको दायित्व पूरा गर्न सक्ने क्षमताको संकेत गर्छ । त्यस्तै, सूचना सुरक्षाको व्यवस्थापनलाई सुदृढ बनाउन कम्पनी ISO 27001 प्रमाणित रहेको छ ।

नेपालको निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा उच्च बजार हिस्सा कायम गरेको कम्पनीले २२ वर्षको निरन्तर वृद्धिसँगै आफ्नो बजार उपस्थिति विस्तार गरेको जनाएको छ ।

स्थापनादेखि हालसम्म कम्पनीले २ लाखभन्दा बढी दाबीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमितलाई आवश्यक परेको समयमा सहयोग गर्ने प्रतिबद्धताअनुसार दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै आएको कम्पनीको भनाइ छ ।

त्यसैगरी, प्राकृतिक विपत्ति तथा अन्य ठूला जोखिमबाट उत्पन्न हुन सक्ने दायित्व व्यवस्थापनका लागि शिखर इन्स्योरेन्सले बीमा क्षेत्रकै उच्च क्याटास्ट्रोफी पुनर्बीमा सुरक्षा कायम गरेको जनाएको छ । उक्त पुनर्बीमा सुरक्षा पूर्ण रूपमा A-rated अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरू मार्फत गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यस सम्मानले वित्तीय पारदर्शिता, प्रतिवेदनको गुणस्तर, संस्थागत सुशासन र बीमितप्रतिको दायित्व निर्वाहमा कम्पनीको प्रतिबद्धतालाई थप उजागर गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?