National life

एनएफआरएस-१७ लागू गर्ने देशकै पहिलो बीमा कम्पनी बन्यो 'शिखर इन्स्योरेन्स'

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.2kShares
एनएफआरएस-१७ लागू गर्ने देशकै पहिलो बीमा कम्पनी बन्यो 'शिखर इन्स्योरेन्स'
ncell

काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस–१७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्दै यो मानक पूर्ण रूपमा अपनाउने देशको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ।

नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी एनएफआरएस–१७ जारी गरेको हो, जसअनुसार बीमा कम्पनीहरूले आफ्नो वित्तीय प्रतिवेदनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचलित रिपोर्टिङ मापदण्डसँग मिलाएर प्रस्तुत गर्नुपर्नेछ। शिखर इन्स्योरेन्सले यस मानकलाई समयमै र पूर्ण रूपमा कार्यान्वयन गरेर उद्योगमै नयाँ उदाहरण प्रस्तुत गरेको छ।

शिखर इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको नियमित त्रैमासिक वित्तीय विवरणसँगै एनएफआरएस–१७ अनुसारको विशेष संरचित विवरण पनि एकैसाथ प्रकाशन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुईवटा अलग ढाँचामा विवरण प्रस्तुत गर्नु भनेको नियामक आवश्यकतासँगै अन्तर्राष्ट्रिय लेखा–रिपोर्टिङ मानकअनुरूप पारदर्शिता र तथ्याङ्क व्यवस्थापनमा कम्पनीको उच्च तयारीका रूपमा व्याख्या गरिएको छ।

कम्पनीले  विश्वव्यापी रूपमा स्वीकार्य वित्तीय प्रतिवेदन प्रणालीसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन, वित्तीय पारदर्शिता र दीर्घकालीन स्थायित्वमा महत्वपूर्ण फड्को मार्ने विश्वास राखेको जनाएको छ ।  एनएफआरएस–१७ लागू भएपछि बीमा कारोबारको वास्तविक वित्तीय स्थिति, जोखिमको मूल्यांकन र दायित्वको प्रस्तुति अझ स्पष्ट र तथ्यपरक हुने अपेक्षा गरिएको छ।

नेपालको बीमा बजारमा अझै धेरै कम्पनीहरूले नयाँ मानक अपनाउने तयारी गरिरहेका बेला शिखर इन्स्योरेन्सले पहिलो चरणमै पूर्ण कार्यान्वयन गरेर आफूलाई गुणस्तरीय वित्तीय प्रतिवेदनमा अग्रणी संस्थाका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?