National life
cg eloctronics

प्रोटोनको प्रि–दशैं सर्भिस क्याम्प ग्राहकलाई निःशुल्क चेकअपदेखि आकर्षक उपहारसम्म

स्पेयर पाट्र्स तथा सर्भिसिङमा विशेष छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
353Shares
प्रोटोनको प्रि–दशैं सर्भिस क्याम्प ग्राहकलाई निःशुल्क चेकअपदेखि आकर्षक उपहारसम्म
ncell

काठमाडौं । दशैंको समयमा ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि तयार रहन सहयोग गर्ने उद्देश्यले प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दशैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । असोज २८ देखि ३० गतेसम्म (१४ देखि १६ अक्टोबर २०२६) भक्तपुरको राधे राधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुनेछ ।

दशैंमा परिवारसँग भेटघाट गर्न र आफ्नो गृहजिल्ला जान धेरैले लामो दूरीको यात्रा गर्ने गर्छन्। यस्तो यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्नु आवश्यक हुन्छ । यही कुरालाई ध्यानमा राखेर सञ्चालन गर्न लागिएको क्याम्पमार्फत प्रोटोनका ग्राहकले आफ्नो सवारीसाधनको निःशुल्क जाँच गराउनुका साथै विभिन्न सेवा तथा सुविधामा छुट पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्याम्प अवधिभर स्पेयर पाट्र्समा २० प्रतिशतसम्म र सर्भिस तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । ग्राहकले दुई पटकसम्म निःशुल्क सवारीसाधन धुने सुविधा पनि पाउनेछन्। साथै, क्याम्पमा सहभागी प्रत्येक ग्राहकलाई आकर्षक उपहार ह्याम्पर प्रदान गरिनेछ ।

यस क्याम्पमार्फत ग्राहकलाई चाडपर्वको यात्राअघि सवारीसाधनको आवश्यक जाँच तथा मर्मतसम्भार गराउन प्रोत्साहित गर्नुका साथै गुणस्तरीय सेवा प्रदान गर्ने र ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य जगदम्बा मोटर्सले लिएको छ ।

जगदम्बा मोटर्सले प्रोटोनका सम्पूर्ण ग्राहकलाई यस अवसरको लाभ उठाउँदै समयमै आफ्नो सवारीसाधनको जाँच तथा सर्भिसिङ गराउन र दशैंको यात्रा सुरक्षित बनाउन आग्रह गरेको छ ।

सर्भिस क्याम्पसम्बन्धी विवरण

  • स्थानः प्रोटोन सर्भिस सेन्टर, राधे राधे, भक्तपुर

  • मितिः असोज २८–३०, २०८३ (१४–१६ अक्टोबर २०२६)

  • सम्पर्क नम्बरः ९७००१४१२९

  • nic asia capital
    यो समाचार शेयर गर्नुहोस्
    353SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?