National life
cg eloctronics

माछापुच्छ्रे बैंकको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२८ असोज २०८३, बुधबार
311Shares
माछापुच्छ्रे बैंकको २८ औँ वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा मिति असोज २८ गते बुधबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ । साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन के.सी.लाई पुनः नियुक्ति गर्ने निणर्य गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
311SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?