National life

शाइन रेसुङ्गाको १८औँ साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

बैंक लिमिटेडले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न १८औँ वार्षिक साधारण सभा बोलाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
371Shares
शाइन रेसुङ्गाको १८औँ साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु
ncell

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न १८औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको बैठकले असोज २८ गते बुटवलस्थित होटल सेफ्रन सिकेमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, नियमनकारी निकायबाट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन वा फेरबदल गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा राखिनेछ ।

यसैगरी, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
371SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?