National life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८३%ले उकालो, लाभांश क्षमता बलियो

नाफा, निक्षेप र कर्जा सबैमा उछाल—शाइन रेसुङ्गा बैंकको प्रभावशाली प्रगति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
1.9kShares
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८३%ले उकालो, लाभांश क्षमता बलियो
ncell

काठमाडौं । मजबुत वित्तीय प्रदर्शन गर्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि हासिल गरेको छ। सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले खुद नाफा, सञ्चालन नाफा र लाभांश क्षमतामा आकर्षक सुधार दर्ता गरेको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६४ करोड ५६ लाख रुपैयाँको तुलनामा ८२.९६ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित हुँदा नाफा वृद्धिमा महत्वपूर्ण टेवा पुगेको छ। सञ्चालन नाफा पनि ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको सुधारसँगै बैंकको लाभांश क्षमता समेत सुदृढ बनेको छ। नियामकीय समायोजन र अघिल्लो वर्षको सञ्चित नाफा समायोजनपछि बैंकको वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यस आधारमा प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ८६ पैसा कायम भएको छ, जसले चालु वर्षमा दोहोरो अङ्कको आकर्षक लाभांश सम्भावना देखाएको छ।

बैंकको समग्र वित्तीय आकार पनि विस्तार भएको छ। असार मसान्तसम्म बैंकको वासलात ८७ अर्ब नाघेको छ। चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ कायम भएको छ।

ग्राहक निक्षेप ७१ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५६ अर्ब ९० करोड रुपैयाँबाट बढेर ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। साथै, कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट वृद्धि भई ८७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?