National life
cg eloctronics

लक्ष्मी सनराइज बैंकको कमाइमा छलाङ, नाफा ९६.४१% ले बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
1.4kShares
लक्ष्मी सनराइज बैंकको कमाइमा छलाङ, नाफा ९६.४१% ले बढ्यो
muktinatha bikash bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ। कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम घट्नु र गैरब्याज आम्दानी बढ्नुले बैंकको नाफा झण्डै दोब्बर पुगेको हो। यससँगै बैंकको सञ्चालन मुनाफा, प्रतिसेयर आम्दानी र कर्जा तथा निक्षेप परिचालनमा समेत वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा ९६.४१ प्रतिशतले बढेको हो।

everest bank

बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाबापतको खर्चमा आएको कमीले महत्वपूर्ण योगदान दिएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ९३ करोड ९१ लाख ६१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आवको सोही अवधिमा ३८.३६ प्रतिशतले घटेर १ अर्ब १९ करोड ६८ लाख १० हजार रुपैयाँमा झरेको छ।

यसबाट बैंकको यस्तो खर्चमा ७४ करोड २३ लाख ५१ हजार रुपैयाँले कमी आएको छ। फलस्वरूप बैंकको सञ्चालन मुनाफा ११२.९९ प्रतिशतले बढेर ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य संकुचन देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा १.६५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड १ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

तर गैरब्याज आम्दानीतर्फ बैंकले सुधार गरेको छ। खुद शुल्क तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले बढेर ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ थियो।

त्यस्तै, खुद ट्रेडिङ आम्दानी ३२.८१ प्रतिशतले बढेर २८ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन आम्दानी १९ करोड ७० लाख रुपैयाँ रहेको छ।

लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ।

गत असार मसान्तको तुलनामा बैंकको ग्राहक निक्षेप ३.५८ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो निक्षेप ४ खर्ब २४ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ थियो।

त्यस्तै, ग्राहक कर्जा प्रवाह ५ प्रतिशतले बढेर ३ खर्ब २१ अर्ब ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा बैंकको कर्जा लगानी ३ खर्ब ५ अर्ब ८० करोड ३४ लाख रुपैयाँ रहेको थियो।

बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.०९ प्रतिशतबाट घटेर ७४.२८ प्रतिशतमा आएको छ। यसले बैंकको कर्जा विस्तारका लागि उपलब्ध स्रोतको अवस्था तुलनात्मक रूपमा सहज रहेको देखाउँछ।

बैंकको कोषको लागत, आधार दर र ब्याजदर अन्तरमा पनि कमी आएको छ। गत वर्ष ४.०५ प्रतिशत रहेको कोषको लागत घटेर ३.२० प्रतिशतमा आएको छ। त्यस्तै, आधार दर ५.८९ प्रतिशतबाट घटेर ४.८९ प्रतिशत कायम भएको छ।

बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि ३.६६ प्रतिशतबाट घटेर ३.१५ प्रतिशतमा आएको छ। यसले बैंकको स्रोत परिचालन लागत घटेको देखाए पनि ब्याज आम्दानीमा दबाब कायम रहेको संकेत गर्छ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ रुपैयाँ ४६ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ।

त्यस्तै, पुँजीमा प्रतिफल (आरओई) २.९४ प्रतिशतबाट बढेर ५.५० प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.३० प्रतिशतबाट बढेर ०.५० प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ र पुँजी पर्याप्तता अनुपात ११.९६ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १४ करोड २७ लाख रुपैयाँ रहेको छ।

बैंकको नाफा र आम्दानीका सूचकमा सुधार देखिए पनि कर्जाको गुणस्तरमा भने चुनौती कायम छ। बैंकको कुल निष्क्रिय कर्जा अनुपात गत वर्षको पहिलो त्रैमासको ५.४२ प्रतिशतबाट बढेर ५.५८ प्रतिशत पुगेको छ।

त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात पनि १.५७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ। तर निष्क्रिय कर्जाबापतको नोक्सानी व्यवस्थाको कभरेज अनुपात ९७.३८ प्रतिशतबाट बढेर ९८.२३ प्रतिशत पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?