National life

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
1.3kShares
लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र आज (साउन १४ गते) देखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ। कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) मार्फत बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारणका लागि जारी गरिएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि आरक्षित गरिएको बैंकले जनाएको छ।

१० वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। इच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्रका लागि साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि साउन २८ गते बैंकिङ समयपछि बन्द हुनेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण निष्कासित कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि असार ९ गते अनुमति दिएको थियो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?