National life
cg eloctronics

कुमारी बैंकको सञ्चालन नाफामा ३२% को उछाल, यस्ता अन्य सूचकहरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
1.5kShares
कुमारी बैंकको सञ्चालन नाफामा ३२% को उछाल, यस्ता अन्य सूचकहरु
muktinatha bikash bank

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वितरणयोग्य नाफालाई ऋणात्मक अवस्थाबाट सकारात्मक बनाउन सफल भएको छ। कर्जा नोक्सानी व्यवस्थाबापतको खर्चमा उल्लेख्य कमी आएपछि बैंकको सञ्चालन नाफामा समेत उच्च वृद्धि भएको छ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार बैंकको खुद नाफा १.७० प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकको नाफामा सामान्य वृद्धि भए पनि सञ्चालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँको हाराहारीमा रहेको सञ्चालन नाफा चालु आवको सोही अवधिमा ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

everest bank

बैंकको इम्पेयरमेन्ट चार्ज ६४.४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ थियो। यसरी बैंकको इम्पेयरमेन्ट चार्जमा ८१ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कमी आएको छ।

कुमारी बैंकको वित्तीय विवरणमा सबैभन्दा महत्वपूर्ण सुधार वितरणयोग्य नाफामा देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा चालु आवको पहिलो त्रैमाससम्ममा सुधारिएर १४ करोड ७१ लाख रुपैयाँ सकारात्मक भएको छ।

निक्षेप र कर्जा विस्तारमा उत्साहजनक वृद्धि

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढाएको छ।

गत असार मसान्तको तुलनामा बैंकको निक्षेप संकलन ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा बैंकसँग ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ निक्षेप रहेको थियो।

त्यस्तै, ग्राहक कर्जा प्रवाह ७.६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा बैंकको कर्जा लगानी २ खर्ब ७२ अर्ब २० करोड २३ लाख रुपैयाँ रहेको थियो।

ब्याज खर्च घट्दा शुल्क आम्दानीमा सुधार

बैंकको खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड १२ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब ३३ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा आएको छ। ब्याज खर्च पनि ४ अर्ब ४२ करोड ४० लाख रुपैयाँबाट घटेर ४ अर्ब ९ करोड ४६ लाख रुपैयाँ कायम भएको छ।

अर्कोतर्फ, खुद शुल्क तथा कमिसन आम्दानी ३.९० प्रतिशतले बढेर ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ट्रेडिङ आम्दानी २५ करोड ७१ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४४ करोड ११ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी बढ्यो, आधार दर घट्यो

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १६.११ रुपैयाँ रहेको ईपीएस चालु आवको सोही अवधिमा बढेर १६.३९ रुपैयाँ पुगेको छ।

बैंकको निक्षेपको लागत ४.२९ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा आएको छ। त्यस्तै, आधार दर ५.८२ प्रतिशतबाट घटेर ४.८० प्रतिशत र औसत ब्याजदर अन्तर (स्प्रेड दर) ३.५३ प्रतिशतबाट घटेर ३.०३ प्रतिशतमा सीमित भएको छ।

हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा, पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशत र तरलता अनुपात ३५.४९ प्रतिशत रहेको छ।

गत वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेर ८.७२ प्रतिशत पुगेको छ।

त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात पनि १.५६ प्रतिशतबाट बढेर २.१७ प्रतिशत पुगेको छ।

बैंकको पुँजीमा प्रतिफल (आरओई) ११.१० प्रतिशतबाट घटेर ९.५१ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.९६ प्रतिशतबाट घटेर ०.८२ प्रतिशतमा आएको छ। बजारमा बैंकको प्रतिसेयर मूल्य २३८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १४.५५ गुणा रहेको छ।

समग्रमा कुमारी बैंकको पहिलो त्रैमासिक वित्तीय विवरणले वितरणयोग्य नाफामा उल्लेख्य सुधार, सञ्चालन नाफामा वृद्धि, इम्पेयरमेन्ट चार्जमा कमी र व्यवसाय विस्तारमा सकारात्मक संकेत देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?