National life
cg eloctronics

गाडी किन्नेलाई कम्पनीहरूको चाडपर्व उपहार, कुन कम्पनीले कति छुट दिँदैछ ?

गाडी बजारमा दसैँको रौनक, कम्पनीहरूबीच छुट र बोनसको प्रतिस्पर्धा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२६ असोज २०८३, सोमबार
336Shares
गाडी किन्नेलाई कम्पनीहरूको चाडपर्व उपहार, कुन कम्पनीले कति छुट दिँदैछ ?
ncell

काठमाडौं । नयाँ गाडीको बिक्री बढाउने उद्देश्यले दसैँ, तिहार र छठलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूबीच छुट र बोनसको प्रतिस्पर्धा सुरु भएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनमा कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स तथा एसेसरिजजस्ता सुविधा सार्वजनिक गरेका छन् ।

एमजी र सुजुकीलगायतका ब्रान्डले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिज उपलब्ध गराउँदै चाडपर्वको बजारमा ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन् ।

चाडपर्व लक्षित योजनाअन्तर्गत ग्राहकले गाडीको मोडलअनुसार ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । त्यस्तै, पुरानो गाडी साटेर नयाँ खरिद गर्ने ग्राहकलाई थप एक्सचेन्ज बोनस र एक वर्षसम्मको निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा पनि दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चारपाङ्ग्रेमा के–के उपहार ?

एमजीका गाडीमा ३ लाख रुपैयाँसम्म छुट

एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित योजनाअन्तर्गत विभिन्न मोडलमा एक लाखदेखि ३ लाख रुपैयाँसम्म नगद छुट उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार एमजी एस–५ खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँ नगद छुट पाउनेछन् । एमजी यु–९ खरिदमा डेढ लाख रुपैयाँ नगद छुटसँगै एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा दिइएको छ ।

त्यस्तै, एमजी एचएस खरिदमा सबैभन्दा बढी ३ लाख रुपैयाँसम्म नगद छुट र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराइएको छ । एमजी एम–५, आइएम–६ र एस–६ खरिद गर्ने ग्राहकका लागि पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको व्यवस्था गरिएको छ ।

यस योजनामार्फत कम्पनीले ग्राहकलाई गाडी खरिदको प्रारम्भिक लागत घटाउन तथा बीमालगायतका खर्चमा राहत दिन खोजेको छ ।

सुजुकी ब्रेजामा एक लाखसम्म नगद छुट र एक्सचेन्ज बोनस

सीजी मोटोकर्पले पनि सुजुकीका विभिन्न मोडलमा चाडपर्व लक्षित छुट तथा सुविधा सार्वजनिक गरेको छ । कम्पनीले मोडलअनुसार ५० हजारदेखि एक लाख रुपैयाँसम्म नगद छुट दिइरहेको छ ।

सुजुकी ब्रेजा खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । पुरानो गाडी साटेर नयाँ ब्रेजा खरिद गर्दा थप एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ ।

ब्रेजा खरिदमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र डोर भाइजर, फ्लोर म्याट, साइड मोल्डिङ, मडगार्ड तथा नम्बर प्लेटजस्ता एसेसरिजसमेत निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

फ्रोन्क्स र भिक्टोरियसमा पनि आकर्षक छुट

सुजुकी फ्रोन्क्स खरिदमा एक लाख रुपैयाँ नगद छुट उपलब्ध छ । पुरानो गाडी साटेर नयाँ फ्रोन्क्स खरिद गर्ने ग्राहकले थप ५० हजार रुपैयाँ एक्सचेन्ज बोनस पाउनेछन् । यसमा पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र विभिन्न एसेसरिजको सुविधा दिइएको छ ।

nic asia capital

त्यस्तै, सुजुकी भिक्टोरियस र ई–भिटारामा एक लाख रुपैयाँसम्म नगद छुट तथा एक्सचेन्जमा थप एक लाख रुपैयाँसम्म बोनस उपलब्ध गराइएको छ । दुवै मोडलमा निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजको सुविधा पनि समावेश छ ।

वागेन आर र इको कार्गोमा कति छुट ?

सुजुकी वागेन आर खरिद गर्ने ग्राहकले ८० हजार रुपैयाँ नगद छुट पाउनेछन् । यसमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजसमेत उपलब्ध गराइएको छ ।

त्यस्तै, व्यावसायिक प्रयोजनका लागि उपयोगी सुजुकी इको कार्गो खरिदमा ५० हजार रुपैयाँ नगद छुट दिइएको छ । यस मोडलमा पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र आधारभूत एसेसरिजको सुविधा रहेको छ ।

AION को दसैँ अफर, नगद छुटदेखि होम चार्जरसम्म उपहार

सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको विद्युतीय सवारी ब्रान्ड AION ले दसैँ लक्षित ‘दसैँको बहार, AION को उपहार’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको सडक कर, एक वर्षको अटो प्लस बीमा, ६.६ किलोवाटको होम चार्जर तथा विभिन्न एसेसरिज प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार उपलब्ध मोडलअनुसार ग्राहकले तत्कालै गाडी डेलिभरी लिन सक्ने सुविधा पनि दिइएको छ ।

विद्युतीय सवारी खरिदलाई थप सहज र आकर्षक बनाउने उद्देश्यले ल्याइएको यो योजना AION का आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होण्डा कारमा १० लाखसम्म छुट, पाँच वर्ष निःशुल्क सर्भिसिङ

नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘FESTIVE OFFER HONDA को सफर’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले नयाँ होण्डा कार खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, एक आर्थिक वर्षको सडक कर र पूर्ण बीमा निःशुल्क उपलब्ध हुनेछ । कम्पनीले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्ष निःशुल्क सडक सहायता, पुरानो गाडी साट्दा एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङको सुविधासमेत दिएको छ ।

सेप्टेम्बर २५ देखि नोभेम्बर १६, २०२६ सम्म लागू हुने योजनामा होण्डा सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी लगायतका मोडल समावेश छन् । थप जानकारीका लागि ग्राहकले नजिकैको होण्डा शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

जीडब्ल्यूएमका ईभीमा ३ लाखसम्मको अफर, निःशुल्क चार्जर र इन्स्योरेन्स

जीडब्ल्यूएम नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ‘जीडब्ल्यूएम फेस्टिभ अफर–गो विथ मोर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ओरा ५ ईभी खरिदमा २ लाख रुपैयाँसम्म र हवाल जोलिओन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफरमा निःशुल्क पूर्ण बीमा, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा एसेसरिज समावेश छन् । ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज मूल्यांकन र सहज फाइनान्सिङ सुविधा पनि पाउनेछन् ।

कम्पनीका अनुसार हवाल जोलिओन म्याक्स ईभीको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । भीजी इम्पेक्समार्फत उपलब्ध यो योजना काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमा लागू हुनेछ ।

एक्सपेङ– सबैभन्दा धेरै १२ लाखसम्मको विशेष छुट

दशैं अफरमा सबैभन्दा ठूलो रकमको छुट एक्सपेङ ब्राण्डमा देखिएको छ । नेपालका लागि एक्सपेङको आधिकारिक बिक्रेता सीजी मोटर्सले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सपेङ जी–६ खरिद गर्दा ग्राहकलाई सिधै १२ लाख रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ ।

नगद छुटबाहेक ग्राहकले ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक आर्थिक वर्षको सडक दस्तुर तथा एक वर्षको निःशुल्क बीमा प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले आफ्नै घरमा बसेर गाडीको टेस्ट ड्राइभ गर्ने र प्रविधि बुझ्ने विशेष सुविधा पनि पाउनेछन् ।

हुन्डाई– नगद छुटसँगै ८ लाखसम्म जित्ने मौका

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ ड्राइभ २०८३ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडीको खरिदमा सिधै ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर कुल ८ लाखसम्मको फाइदा, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षकै सडक कर र हरेक गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा दिन घोषणा गरेको छ ।

आइकार र ओमोडा/जेको–२ लाख छुट

एसपीजी अटोमोबाइल्सले आफ्ना विभिन्न लोकप्रिय मोडलहरूमा नगद छुट र आकर्षक प्याकेज ल्याएको छ ।

आइकार भी २३ खरिदमा ५३ लाख ९९ हजार मूल्य रहेको यो मोडल २ लाख छुटसहित ५१ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । साथै ११ वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको वार्षिक कर, १ वर्षको बीमा र ७ किलोवाटको वाल चार्जर पाइनेछ ।

ओमोडा तथा जेको खरिदमा ओमोडा ई–फाइभका दुवै भेरियन्टमा १ लाख, जेको जे–फाइभमा ३ लाख र जे–सिक्स टीमा २ लाख रुपैयाँ नगद छुट दिइएको छ । यी गाडीमा पनि १ वर्षको कर, बीमा र ७ किलोवाटको चार्जर निःशुल्क छ ।

दुईपाङ्ग्रेमा के–के उपहार ?

बजाजको एक्सचेन्ज कार्निभल सुरु, पुरानो बाइक साटेर नयाँ किन्न सकिने

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।

असोज २२ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने कार्निभलमा ग्राहकले पुरानो मोटरसाइकलको मूल्यांकन गराई नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार कार्निभलमा २२ भन्दा बढी मूल्यांकनकर्ताबाट मोटरसाइकलको मूल्य निर्धारण, नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्सको सुविधा उपलब्ध हुनेछ । साथै, ‘शो योर पावर’ लगायत मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिने कम्पनीले जनाएको छ ।

कार्निभलमार्फत ग्राहकलाई पुरानो मोटरसाइकल अपग्रेड गर्न सहज बनाउनुका साथै चाडपर्वको अवसरमा बजाजका विभिन्न मोडल र सुविधाबारे जानकारी दिने कम्पनीको उद्देश्य छ ।

बजाज चेतकमा ‘फेस्टिभ फाइभ’ अफर, १ लाखसम्म क्यासब्याक

नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँदेखि छठसम्म लागू हुने गरी ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्दा ग्राहकले ५ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्म क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्म ईएमआई भुक्तानी सुविधा तथा निःशुल्क प्रिमियम एसेसरिज प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार विद्युतीय स्कुटर खरिदलाई सहज र आकर्षक बनाउने उद्देश्यले ल्याइएको यो योजना छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा उपलब्ध हुनेछ ।

बेनेलीको दसैं अफर: एक्सचेन्जमा ४० हजारसम्म बोनस

बेनेली नेपालले दसैंलाई लक्षित गर्दै ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधासहितको विशेष अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता वैद्य ग्रुपका अनुसार पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्दा ग्राहकले उक्त बोनस पाउनेछन् । कम्पनीले बजेटअनुसार किस्ताबन्दीमा सवारीसाधन खरिद गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ ।

अफरअन्तर्गत बेनेली पानारेया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

होन्डाको बाइकमा स्क्र्याच कुपन

यसपालीको दशैँमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले आशाको सुरुवात योजना अन्तर्गत नयाँ बाइक वा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सकिनेछ । यसबाहेक सहयोगको संकल्प अन्तर्गत हरेक हप्ता सातै प्रदेशबाट एक–एक जना गरी सात जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
336SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?