National life
cg eloctronics

चांगान नेभो क्यू ०५ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.1kShares
चांगान नेभो क्यू ०५ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने
muktinatha bikash bank

काठमाडौं। एमएडब्लू वृद्धि अटोकर्प प्रालिअन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रालि र सर्वा मोटर्स प्रालिले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान नेभो क्यू ०५ सार्वजनिक गर्ने भएका छन्। औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्ने छन्।

चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियोअन्तर्गतको नेभो क्यू ०५ गुणस्तर, आराम र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने ग्राहकका लागि डिजाइन गरिएको विश्वस्तरीय प्रिमियम सहरी इलेक्ट्रिक एसयूभी हो। ‘ए क्लास एभब’ अवधारणाअन्तर्गत क्यू ०५ ले आराम, डिजाइन र प्रविधि गरी तीन प्रमुख विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आराममा ‘ए क्लास एभब’

नेभो क्यू ०५ मा २,७३५ एमएमको ह्विलबेस, ढल्काउन मिल्ने पछाडिका सिट तथा ५४० लिटर क्षमताको विशाल बुट स्पेससहित फराकिलो र सुविधा सम्पन्न क्याबिन उपलब्ध छ। यी विशेषताले दैनिक आवागमनदेखि पारिवारिक यात्रासम्मलाई थप आरामदायी र व्यावहारिक बनाउँछन्।

डिजाइनमा ‘ए क्लास एभब’

विश्वप्रसिद्ध अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ सम्मिलित चांगानको विश्वव्यापी डिजाइन नेटवर्कद्वारा विकसित क्यू ०५ मा आकर्षक एरोडाइनामिक बनावट, विशिष्ट लाइटिङ डिजाइन र सडकमा प्रभावशाली उपस्थिति रहेको छ।

everest bank

उत्कृष्ट डिजाइनका लागि यस एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ।

प्रविधिमा ‘ए क्लास एभब’

चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री प्रणाली प्रविधिसहितको ५१.९ किलोवाट आवर क्षमताको कल्ट एलएफटी ब्याट्री जडान गरिएको क्यू ०५ मा थ्री सी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट मात्र १५ मिनेटमा ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

यसको १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले एनईडीसी मापदण्डअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत प्रति १०० किलोमिटर मात्र १२।९ किलोवाट आवर रहेको छ।

विश्वभर २ लाखभन्दा बढी युनिट बिक्री भइसकेको नेभो क्यू ०५ ले चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा समेत उत्कृष्ट बिक्री प्रदर्शन गर्दै आफ्नो अन्तर्राष्ट्रिय लोकप्रियतालाई थप प्रमाणित गरेको छ।

क्षेत्रीय सार्वजनिक कार्यक्रमपश्चात् ग्राहकहरूले मंसिर १८ देखि २० गते, २०८३ सम्म बुटवल र इटहरीका सम्बन्धित डिपल शोरुमहरूमा आयोजना हुने देशव्यापी मेगा एक्सचेन्ज कार्निभलमा सहभागी भई विशेष एक्सचेन्ज सुविधा तथा आकर्षक अफरहरूको लाभ लिन सक्ने छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?