National life
cg eloctronics

ईभीप्रति नेपालीको मोह बढ्दो, चार महिनामै ९ हजारभन्दा बढी गाडी आयात

नेपालमा विद्युतीय गाडीको बजार विस्तार तीव्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.2kShares
ईभीप्रति नेपालीको मोह बढ्दो, चार महिनामै ९ हजारभन्दा बढी गाडी आयात
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) को दबदबा थप बलियो बनेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा आयात भएका चारपाङ्ग्रे यात्रुवाहक सवारीमध्ये झण्डै ८० प्रतिशत विद्युतीय गाडी रहेका छन्। यस अवधिमा कुल ११ हजार ६९० वटा कार, जीप तथा भ्यान आयात हुँदा ९ हजार ४८ वटा ईभी भित्रिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

भन्सार विभागको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार चार महिनामा ११ हजार ६९० वटा कार, जीप तथा भ्यान आयात भएका छन्। तीमध्ये ९ हजार ४८ वटा विद्युतीय गाडी रहेका छन्।

यस अवधिमा पेट्रोलबाट चल्ने २ हजार ३०२ वटा, डिजेलबाट चल्ने २६७ वटा र पेट्रोल तथा विद्युत् दुवैबाट चल्ने ७३ वटा हाइब्रिड गाडी आयात भएका छन्। कुल आयातमा पेट्रोल गाडीको हिस्सा १९.७ प्रतिशत, डिजेलको २.३ प्रतिशत र हाइब्रिडको ०.६ प्रतिशत रहेको छ।

everest bank

पहिलो चार महिनामा कार, जीप तथा भ्यान आयातमा मात्रै २३ अर्ब ५० करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। यसमध्ये विद्युतीय गाडी आयातमा २० अर्ब ३१ करोड २३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

कुल चारपाङ्ग्रे यात्रुवाहक सवारीको आयात मूल्यमा विद्युतीय गाडीको हिस्सा ८६ प्रतिशतभन्दा बढी छ। विद्युतीय गाडी आयातबाट सरकारले १२ अर्ब ९ करोड १० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

असोज महिनामा मात्रै ३ हजार ८०२ वटा विद्युतीय कार, जीप तथा भ्यान नेपाल भित्रिएका थिए। यसले चाडपर्वको समयमा ईभी आयात उल्लेख्य रहेको देखाउँछ।

विद्युतीय र पेट्रोल गाडीको तुलनामा हाइब्रिड सवारीसाधनको आयात भने निकै कम देखिएको छ। चार महिनामा ७३ वटा हाइब्रिड गाडी आयात भएका छन्। तिनको आयात मूल्य ४० करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेको छ।

हाइब्रिड गाडी आयातबाट सरकारले १ अर्ब १ करोड ५६ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ। यसले नेपाली बजारमा हाइब्रिड प्रविधिका गाडीको उपस्थिति अझै सीमित रहेको देखाउँछ।

विद्युतीय सवारीप्रतिको आकर्षण चारपाङ्ग्रेमा मात्रै सीमित छैन। चार महिनामा ८ हजार ३८३ वटा विद्युतीय तीनपाङ्ग्रे सवारी आयात भएका छन्।

तीमध्ये ४ हजार ९६१ वटा जडान नगरिएको अवस्थामा र ३ हजार ४२२ वटा पूर्ण रूपमा तयार अवस्थामा भित्रिएका हुन्। तीनपाङ्ग्रे विद्युतीय सवारी आयातमा १ अर्ब २९ करोड ५४ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। यसबाट सरकारले ४४ करोड ४५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

चारपाङ्ग्रे र तीनपाङ्ग्रे विद्युतीय सवारी जोड्दा पहिलो चार महिनामा १७ हजार ४३१ वटा ईभी नेपाल भित्रिएका छन्। यी सवारीको कुल आयात मूल्य २१ अर्ब ६० करोड ७७ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

पछिल्लो तथ्याङ्कले नेपाली अटोमोबाइल बजार विद्युतीय सवारीतर्फ तीव्र रूपमा रूपान्तरण भइरहेको देखाएको छ। ईभीको बढ्दो उपलब्धता, सञ्चालन खर्चमा हुने सम्भावित बचत, पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने चाहना र कर नीतिमा रहेको भिन्नताले यसको आकर्षण बढाउन भूमिका खेलेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?