National life

इभी चलाउँदा यी कुरामा सावधानी अपनाउन आग्रह, सुरक्षा मापदण्ड कडाइ गर्नुपर्ने माग

इभीमा आगलागीको घटना बढेपछि सुरक्षा सतर्कतामा जोड, चालकलाई के–के कुरामा ध्यान दिने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
1.5kShares
इभी चलाउँदा यी कुरामा सावधानी अपनाउन आग्रह, सुरक्षा मापदण्ड कडाइ गर्नुपर्ने माग
ncell

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग र बिक्री बढिरहेका बेला इभीमा आगलागीका घटना हुन थालेपछि सवारीसाधनको सुरक्षा, नियमित मर्मतसम्भार र प्रयोगकर्ताको सावधानीबारे जनचेतना बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

हालै नेपालमा इभीमा आगलागी हुँदा एक जनाको निधन भएको दुःखद घटनापछि सवारीसाधनको सुरक्षा मापदण्ड, ब्याट्रीको गुणस्तर, चार्जिङ प्रणाली तथा बिक्रीपछिको सेवाबारे गम्भीर ध्यान दिनुपर्ने आवाज उठेको छ । घटनाको वास्तविक कारण भने प्राविधिक तथा वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको छ ।

जानकारहरूका अनुसार एउटा घटनाका आधारमा सम्पूर्ण इभी प्रविधिलाई असुरक्षित ठहर गर्नु उचित हुँदैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पेट्रोल, डिजेल तथा विद्युतीय सवारीसाधनमा विभिन्न कारणले आगलागीका घटना हुन सक्छन् । तर, यस्ता घटनाले सवारीसाधनको गुणस्तर, मर्मतसम्भार, आयात प्रक्रिया र सुरक्षा नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता भने औँल्याउँछन् ।

चालकले कुन–कुन कुरामा ध्यान दिने ?

इभी प्रयोगकर्ताले निर्माता कम्पनीले तोकेको मापदण्डअनुसार नियमित सर्भिस तथा मर्मतसम्भार गराउन आवश्यक हुन्छ । गाडीको ड्यासबोर्डमा रातो वा पहेँलो चेतावनी संकेत देखिएमा त्यसलाई बेवास्ता नगरी तत्काल अधिकृत सर्भिस सेन्टरमा सम्पर्क गर्नुपर्छ ।

त्यस्तै, गाडीबाट असामान्य गन्ध आउनु, धुवाँ निस्कनु, ब्याट्री अत्यधिक तात्नु, ब्याट्रीसम्बन्धी चेतावनी देखिनु वा अन्य असामान्य संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा गाडी रोकेर प्राविधिक सहयोग लिनुपर्ने हुन्छ ।

ब्याट्री, विद्युतीय तार, चार्जिङ प्रणाली वा अन्य विद्युतीय उपकरणमा अनधिकृत रूपमा परिवर्तन गर्नु जोखिमपूर्ण हुन सक्ने भएकाले यस्तो काम नगर्न पनि सवारीधनीलाई आग्रह गरिएको छ ।

आयात हुने इभीको गुणस्तरमा पनि निगरानी आवश्यक

नेपालमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन भित्रिने क्रम तीव्र भइरहेका कारण आयात हुने सवारीसाधनको गुणस्तर र सुरक्षा परीक्षणलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

सवारीसाधन खरिद गर्दा ब्रान्डको प्रामाणिकता, निर्माता कम्पनीको विश्वसनीयता, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड, ब्याट्रीको गुणस्तर तथा बिक्रीपछिको सेवा उपलब्धताबारे उपभोक्ताले समेत जानकारी लिन आवश्यक हुन्छ ।

विशेषगरी ब्याट्री तथा विद्युतीय प्रणालीको सुरक्षा प्रमाणीकरण, आयातकर्ताको प्राविधिक क्षमता, वारेन्टी तथा स्पेयर पार्ट्सको उपलब्धताजस्ता विषयमा स्पष्ट मापदण्ड आवश्यक देखिन्छ ।

सरकारको भूमिका पनि महत्वपूर्ण

इभीको प्रयोग बढ्दै जाँदा सरकारले पनि विद्युतीय सवारीसाधनको आयात र प्रयोगसँग सम्बन्धित सुरक्षा मापदण्डलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गरेका सवारीसाधनलाई प्राथमिकता दिने, निर्माता कम्पनीको प्रामाणिकता तथा विश्वसनीयता परीक्षण गर्ने, ब्याट्री र विद्युतीय प्रणालीको सुरक्षा प्रमाणीकरणलाई प्रभावकारी बनाउने तथा आयातकर्ताको बिक्रीपछिको सेवा सुनिश्चित गर्ने व्यवस्था आवश्यक छ ।

त्यस्तै, सवारीसाधनमा हुने आगलागीका घटनाको वैज्ञानिक अनुसन्धान गर्ने र त्यसबाट प्राप्त निष्कर्षका आधारमा सुरक्षा मापदण्ड सुधार गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।

सुरक्षित इभीका लागि सबै पक्ष जिम्मेवार

इभीको सुरक्षित प्रयोगका लागि सरकार, निर्माता कम्पनी, आयातकर्ता, सर्भिस सेन्टर, प्राविधिक र उपभोक्ता सबै पक्ष जिम्मेवार हुनुपर्छ ।

उपभोक्ताले सावधानी अपनाउने, कम्पनीले गुणस्तरीय र सुरक्षित सवारीसाधन उपलब्ध गराउने तथा सरकारले प्रभावकारी नियमन र सुरक्षा परीक्षण सुनिश्चित गर्ने हो भने यस्ता जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।

मानव जीवनको सुरक्षा सर्वोच्च प्राथमिकता भएकाले इभी प्रयोग गर्दा प्रविधिमाथि मात्र निर्भर नभई नियमित मर्मतसम्भार, चेतावनी संकेतको पालना र सुरक्षित चार्जिङ तथा सञ्चालन अभ्यासलाई प्राथमिकता दिन आवश्यक छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?