National life

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, खेलाडीलाई नगद पुरस्कारदेखि जग्गा दर्तासम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२३ असोज २०८३, शुक्रबार
736Shares
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, खेलाडीलाई नगद पुरस्कारदेखि जग्गा दर्तासम्म
ncell

काठमाडौं । सरकारले विश्व बैंकसँग भूकम्पीय जोखिमसम्बन्धी वित्तीय सम्झौता गर्नेदेखि एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार उपलब्ध गराउनेसम्मका निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चारवटा प्रमुख निर्णयबारे जानकारी दिएका हुन् ।

बैठकले विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड’ सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । उक्त सम्झौता भूकम्पीय जोखिम व्यवस्थापनसँग सम्बन्धित छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन गर्नेसम्बन्धी आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गरिने भएको छ ।

बैठकले नेपाल न्याय सेवाअन्तर्गत सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसमेत गरेको छ । बढुवापछि उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गरिनेछ ।

मन्त्रिपरिषद्का यी निर्णयमार्फत भूकम्पीय जोखिम व्यवस्थापन, जग्गा दर्ता प्रक्रिया, खेलाडीलाई प्रोत्साहन तथा प्रशासनिक पदस्थापनसम्बन्धी विषयलाई अघि बढाइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?