काठमाडौं । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट, सेवा क्षेत्र लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नेपालको प्रतिष्ठित फेसन तथा लाईफस्टाइल कम्पनी के.टी.एम. सिटी (KTM CTY) मा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले के.टी.एम. सिटी (KTM CTY) को १७ वटै आउटलेटहरुमा सम्पूर्ण पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
फेसन तथा लाईफस्टाइलको क्षेत्रमा निरन्तर नवीनता, गुणस्तर र ग्राहकहरुको बदलिँदो आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नो पहिचान स्थापित गरेको के.टी.एम.सिटी (KTM CTY) नेपालमा अग्रणी पहिचान बनाउन सफल ब्रान्ड हो जसले स्र्पोट्सवेयर, ज्याकेट देखी अन्य पहिरनहरुको विक्री वितरण गदै आएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।






































