काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको बिक्रीदर १४८ रूपैयाँ ५८ पैसा पुगेको छ। केन्द्रीय बैंकका अनुसार डलरको खरिददर १४७ रूपैयाँ ९८ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १६२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ०७ पैसा कायम भएको छ। त्यस्तै, युके पाउन्ड स्ट्रलिङको खरिददर १९३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रूपैयाँ ७५ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १७५ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा तोकिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९५ पैसा छ भने क्यानेडियन डलरको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा कायम गरिएको छ। सिङ्गापुर डलरको खरिददर ११४ रूपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रूपैयाँ २४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा छ। चिनियाँ युआनको खरिददर २२ रूपैयाँ १६ पैसा र बिक्रीदर २२ रूपैयाँ २५ पैसा कायम भएको छ। साउदी अरेबियन रियालको खरिददर ३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रूपैयाँ ६० पैसा तथा कतारी रियालको खरिददर ४० रूपैयाँ ६१ पैसा र बिक्रीदर ४० रूपैयाँ ७८ पैसा तोकिएको छ।
अन्य मुद्राहरूमा थाई भाटको बिक्रीदर चार रूपैयाँ ३८ पैसा, युएई दिरामको ४० रूपैयाँ ४५ पैसा र मलेसियन रिङ्गेटको ३६ रूपैयाँ १३ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ११ रूपैयाँ ०६ पैसा र बिक्रीदर ११ रूपैयाँ ११ पैसा तोकिएको छ।
हङकङ डलरको बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, कुवेती दिनारको ४८० रूपैयाँ ८४ पैसा, बहराइन दिनारको ३९३ रूपैयाँ ८८ पैसा र ओमानी रियालको ३८५ रूपैयाँ ९२ पैसा छ। भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर संशोधन हुन सक्ने जनाएको छ।






























