National life
cg eloctronics

सलिकोमा रोजगारीको अवसर, देशभरका शाखाका लागि कर्मचारी माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.1kShares
सलिकोमा रोजगारीको अवसर, देशभरका शाखाका लागि कर्मचारी माग
muktinatha bikash bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले म्यानेजरदेखि जुनियर असिस्टेन्टसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ विभाग तथा देशभरका शाखा कार्यालयका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

कम्पनीले मार्केटिङ विभागका लागि म्यानेजर, डेपुटी म्यानेजर र असिस्टेन्ट म्यानेजर पदमा कर्मचारी माग गरेको छ। यी पदमा आवेदन दिन बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकोत्तर तह उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। साथै, जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ८ देखि १२ वर्षको अनुभव आवश्यक पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको र जनरल इन्स्योरेन्स क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ।

यसैगरी, कम्पनीले सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदमा पनि कर्मचारी माग गरेको छ। यी पदका लागि बैंकिङ तथा बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको र जनरल इन्स्योरेन्स क्षेत्रमा २ देखि ४ वर्षको अनुभव भएको हुनुपर्नेछ। अन्य क्षेत्रमा कर्पोरेट सेल्स तथा मार्केटिङको अनुभव भएका उम्मेदवारले समेत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

everest bank

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद मंसिर ८ गतेदेखि १५ दिनसम्म तोकिएको छ।

कम्पनीका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?