काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले एकैपटक पाँच प्रकारका पदका लागि आवेदन खुला गरेको जनाएको हो।
सूचनाअनुसार चिफ मार्केटिङ अफिसर र चिफ फाइनान्स अफिसरमा एक–एक जना, प्रदेश प्रमुख (मार्केटिङ) पदमा पाँच जना, मार्केटिङ स्टाफमा केही संख्या तथा असिस्टेन्ट आईटी पदमा एक जनाका लागि आवेदन आह्वान गरिएको छ।
आवेदकहरूमा बीमा, बैंकिङ वा वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
साथै नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो सञ्चार क्षमता, नेतृत्व कौशल तथा टोलीसँग मिलेर काम गर्न सक्ने क्षमता आवश्यक हुने उल्लेख गरिएको छ।
मार्केटिङ स्टाफ पदका लागि भने हालै स्नातक तह उत्तीर्ण गरेका युवाहरूले पनि आवेदन दिन सक्नेछन्। इच्छुक र योग्य व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिनुपर्नेछ।
































