National life
cg eloctronics

नेपाल टेलिकममा जागिरको अवसर, विभिन्न तहका ८० स्थायी पदमा भर्ना खुल्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
2.6kShares
नेपाल टेलिकममा जागिरको अवसर, विभिन्न तहका ८० स्थायी पदमा भर्ना खुल्यो
muktinatha bikash bank

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहका ८० स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत उपप्रबन्धकदेखि कनिष्ठ प्राविधिकसम्मका पदमा कर्मचारी माग गरेको हो।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै तह ९ देखि तह ३ सम्मका विभिन्न पदमा आवेदन खुलाएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विज्ञापनअनुसार तह ९ मा उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट), तह ८ मा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत माग गरिएको छ। त्यस्तै, तह ७ मा दूरसञ्चार इन्जिनियरका लागि आवेदन खुलाइएको छ।

यसैगरी, तह ६ मा सहायक प्रशासनिक, व्यापार तथा लेखा अधिकृत, तह ५ मा ओभरसियर, तह ४ मा सहायक तथा दूरसञ्चार प्राविधिक र तह ३ मा कनिष्ठ प्राविधिक पदमा भर्ना गरिने कम्पनीले जनाएको छ।

समावेशी कोटामा पनि अवसर

नेपाल टेलिकमले पदपूर्तिका लागि खुला प्रतिस्पर्धासँगै समावेशी समूहका उम्मेदवारका लागि पनि कोटा छुट्याएको छ। महिला, आदिवासी–जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका उम्मेदवारले समावेशी कोटामा प्रतिस्पर्धा गर्न सक्नेछन्।

everest bank

मंसिर ३ सम्म आवेदन दिन सकिने

इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन्। नियमित दस्तुर बुझाएर मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म आवेदन दिने सुविधा रहेको कम्पनीले जनाएको छ।

पदअनुसार आवश्यक शैक्षिक योग्यता, अनुभव तथा अन्य सर्तबारे विस्तृत जानकारी कम्पनीले जारी गरेको आधिकारिक विज्ञापनमा उपलब्ध छ।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?