National life
cg eloctronics

नेपाल टेलिकमको एनपीएल अफर: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा र ३३३ मिनेट कल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1KShares
नेपाल टेलिकमको एनपीएल अफर: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा र ३३३ मिनेट कल
muktinatha bikash bank

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले रु. ५९९ मा उक्त प्याकेज खरिद गर्न सक्नुहुनेछ । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज (२०८३ कात्तिक १०) देखि आगामी २०८३ मंसिर ५ गते सम्म प्याकेज खरिद गर्न सकिने छ । सो प्याकेज चलाउन सकिने समयावधि (Validity) ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

everest bank

‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट 14159# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ ।

नेपाल प्रिमियर लिग सिजन–३ (NPL-3) को नेपाल टेलिकम Official Telecom Partner समेत रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि नेपाल टेलिकम सदैव क्रियाशील रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?