National life
cg eloctronics

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१५ असोज २०८३, बिहिबार
1.4kShares
नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स
muktinatha bikash bank

काठमाडौँ-: नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ। कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो।

यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्सबिना एनटिटिभी सेवा प्रयोग गर्न सक्नेछन्।

टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा गुगल प्ले स्टोरमार्फत ‘स्मार्ट एनटिटिभी’ खोजी गरी सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा समेत प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नयाँ सेवाग्राहीले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा एक हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेजसमेत उपलब्ध गराएको जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?