National life
cg eloctronics

राष्ट्रिय ऊर्जा नीति बनाउँदै सरकार, २१ दिनभित्र मस्यौदा पेस गर्न समिति गठन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.7kShares
राष्ट्रिय ऊर्जा नीति बनाउँदै सरकार, २१ दिनभित्र मस्यौदा पेस गर्न समिति गठन
muktinatha bikash bank

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र भावी प्राथमिकता निर्धारण गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन्।

मन्त्री श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञहरू सम्मिलित समिति गठन गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

गठित समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, आगामी दिनमा आवश्यक पर्ने ऊर्जा र उपलब्ध सम्भावनाको अध्ययन गरी भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ।

सरकारले नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने तयारी गरेको छ। साथै, दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको लक्ष्य छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?