National life

सूर्य ज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
638Shares
सूर्य ज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
ncell

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ ।

बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी साउन ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?