National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ब्रान्च अप्रेसन मिट भव्य रुपमा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.2kShares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ब्रान्च अप्रेसन मिट भव्य रुपमा सम्पन्न
ncell

काठमाडौं । सूर्यज्योति लाइफद्वारा आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेशनका देश भरिका कर्मचारीहरुलाई एउटै छाता मुनि भेला गरी “Service Excellence and Compliance” अन्तर्गत बृहत तालिमको आयोजना गरेको छ।

उक्त कार्यक्रम चितवनको भरतपुरमा अवस्थित Lords CBC Plaza मा आयोजना गरिएको हो। उक्त कार्यक्रमामा देशैभरिका २०० जना ब्रान्च अपरेशन अन्तर्गत कार्यरत कर्मचारीहरु, विभागीय प्रमुखहरु, एक्जुकेटिभहरु, कार्यकारी उप प्रमुख अधिकृत, प्रमुख कार्यकारी अधिकृत, संचालक समिति सदस्य लागाएत प्रशिक्षकद्वय मनोज भट्टराई (बैंकिंग तथा बीमा बिज्ञ) र पदम प्रसाद सोडारी (उप निर्देशक, नेपाल बीमा प्राधिकरण)को उपस्थिति रहेको थियो।

AML/CFT सम्बन्धी विस्तृत प्रशिक्षण नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले प्रदान गरेका थिए भने Service Excellence सम्बन्धी प्रशिक्षण बैंकिङ तथा बीमा बिज्ञ मनोज कुमार भट्टराईले दिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, सोही अवसरमा विभागीय प्रमुखहरुसँगको प्यानल अन्तरक्रिया अन्तर्गत विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए जसमा ब्रान्च अपरेशन सम्बन्धि विभिन्न विषयहरु समेटिएका थिए।

उक्त अवसरमा कार्यक्रमका सहभागीहरूले आफ्नो दैनिक कार्यसम्पादनका क्रममा भोगेका कठिनाइ तथा उठेका जिज्ञासाहरू सम्बन्धित प्यानलमार्फत विभागीय प्रमुखहरूले सम्बोधन गरेका थिए। सम्पूर्ण सत्रहरूलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्दै कार्यक्रम सफल बनाउन कम्पनीका Chief Support Services उमेश प्रसाद मैनालीले सहजीकरण (Moderator) को भूमिका निर्वाह गरेका थिए।

“सूर्यज्योति लाइफको शाखा कार्यालयमा रही अहोरात्र खटिने ब्रान्च अपरेशन कर्मचारीहरू नै कम्पनीका वास्तविक Service Ambassadors हुन र ब्रान्च अपरेशनको कार्यसम्पादनले नै कम्पनीको  Brand Value तथा Business Expansion मा अहम भूमिका खेल्दछ”, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले बताए।

साथै ‘कम्पनीले Digitalization मा ठुलो फड्को मारेको र अब AI तर्फ जाने तयारी गरेको’ कम्पनीका संचालक, हेमन्त नाहाटाले बताए।

साथै यस कार्यक्रममा सहभागीहरूले देशभरिका सहकर्मीहरू, विभागीय प्रमुखहरू र उच्च व्यवस्थापनसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको फलस्वरूप कम्पनीको अवस्था र रणनीति बुझ्नका साथै आफ्नो भूमिका र दायित्वप्रति स्पष्ट मार्गदर्शन पाएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?