काठमाडौं । एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई मंगलबार (कात्तिक १७ गते) हकप्रद सेयर निष्काशनका लागि स्वीकृति दिएको हो।
बोर्डको स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार बैंकका एक कित्ता सेयर हुने सेयरधनीले थप ०.५० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यसको कुल मूल्य ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर हुनेछ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।

































