National life
cg eloctronics

नेपाल पुनर्बीमाका सेयरधनीलाई हकप्रद सेयर, कति पाउनेछन्?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
787Shares
नेपाल पुनर्बीमाका सेयरधनीलाई हकप्रद सेयर, कति पाउनेछन्?
muktinatha bikash bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्यसहित १६.९२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । यससम्बन्धी प्रस्ताव कम्पनीले आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औँ बैठकले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

कम्पनीका अनुसार नेपाल सरकारको हाल कायम ४४.०३९ प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पुँजी वृद्धि गर्न सहमति प्राप्त भएको छ ।

चालु आर्थिक वर्षमा नेपाल सरकारका तर्फबाट सेयर लगानीका लागि १ अर्ब रुपैयाँ प्राप्त हुनेसम्बन्धी पत्रका आधारमा उक्त रकमको अनुपातमा १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?