काठमाडौं । काठमाडौं सुन्धाराबाट नजिकैबाट स्रोत नखुलेको ३८ लाख नगद सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकाउ पर्नेमा चितवन भरतपुर महानगरपालिका निवासी ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले नगदसहित पक्राउ गरेको हो। साथै प्रहरीले श्रेष्ठको साथबाट बाप्र २०४८ प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल समेत बरामद गरेको छ।

































