National life

बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
542Shares
बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर
ncell

काठमाडौं । भ्रष्टाचारको अभियोगमा सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

आयोगले थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै मुद्दा दायर गरेको हो । मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको पाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर आयोगको अनुसन्धानमा सोहि अवधिमा उनले १३ करोड २० रुपैयाँ लगानी र खर्च गरेको देखिएको हो ।

यसरी उनको आम्दानी र खर्च नमिल्दा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुल उपर गर्न अख्तियारको माग रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?