काठमाडौँ । पछिल्लो समय करणीको घटना दिनप्रतिदिन बढ्दै गैरहेको छ ।
बिर्तामोड नगरपालिमा १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५मा डेरा गरी बस्ने इलाम माई नगरपालिका ६ का ४० वर्षीय मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुले किशोरीलाई बिर्तामोडको कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

































