National life

छ किलो २४ ग्राम कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
504Shares
छ किलो २४ ग्राम कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ
ncell

काठमाडौँ । छ किलो २४ ग्राम अवैध लागु औषध कोकिनसहित प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बुधवार पक्राउ परेका निजमाथि लागु औषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?