National life

२० करोड ३७ लाख बराबरको ५ किलो ८२० ग्राम कोकिन कसरी आइपुग्यो नेपाल ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
441Shares
२० करोड ३७ लाख बराबरको ५ किलो ८२० ग्राम कोकिन कसरी आइपुग्यो नेपाल ?
ncell

काठमाडौँ । ठमेलस्थित एक होटलबाट ६ किलो अवैध लागु औषध कोकिन सहित मलेसियाकी एक महिला पक्राउ परेकी छन् ।

लागु औषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर, काठमाडौँ प्रहरी वृत्त, लैनचौरको संयुक्त टोलीले होटलमा छापा मारेर उक्त परिमाणको कोकिन बरामद गरी उनलाई पक्राउ परेको हो ।

ठमेल स्थित काठमाडौँ सिटी होटलबाट ५ किलो ८२० ग्राम कोकिनसहित ४७ वर्षीया महिला बाथुमलाइ वडिवालु पक्राउ परेकी हुन् । उनको कोठामा ६ वटा स्कुल ब्याग फेला परेको थियो, जसभित्र फल्सबटम बनाइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फल्सबटम हेर्दा कोकिन बरामद भएको हो ।

बरामद कोकिनको अवैध बजार मूल्य २० करोड ३७ लाख रूपैयाँ हुने प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइ ९शनिबार० काठमाडौँ आइपुगेकी थिइन् । उनी १९ जुलाइमा नेपालबाट पुनः मलेसिया फर्किँदै थिइन् । त्यसैबिच प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।

यो कोकिनको बजार पनि भारत नै भएको प्रहरीले जनाएको छ। उनले लाओसबाट उक्त कोकिन रिसिभ गरेकी थिइन् । काठमाडौंलाई ट्रान्जिट बनाएर अर्कै व्यक्तिलाई हस्तान्तरण गर्ने योजनामा उक्त महिला रहेको रभारतबाट एक जना व्यक्ति उक्त कोकिन लिन आउने तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?