National life
cg eloctronics

टेलिकमले ल्यायो Pay-As-You-Go सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ चैत २०८२, बुधबार
1.8kShares
टेलिकमले ल्यायो Pay-As-You-Go सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक सुविधा
ncell

काठमाडौँ। नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डाटा सुविधा ग्राहकहरुले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी (Pay-As-You-Go, PayG) प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरुले आफै एबथन् सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्नेछ । त्यसपछि ४ नम्बर छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ थिच्न सकिन्छ ।

नेपाल टेलिकमले ग्राहकहरुको माग बमोजिम विभिन्न प्रकारका आकर्षक डाटा प्याकेज उपलब्ध गराइरहेको छ । डाटा प्याकेज खरिद गरी सेवा उपभोग गर्ने ग्राहकहरुको सन्दर्भमा डाटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा, डाटा भोल्युम समाप्त भए पश्चात वा डाटा प्याकेजको समयावधि समाप्त भए पश्चात ग्राहकहरुलाई जानकारी दिन एसएमएस पठाउने व्यवस्था मिलाइएकोमा अब ९० प्रतिशत खपत भए पश्चात एसएमएस मार्फत जानकारी गराइने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डाटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भए पश्चात ग्राहकहरुले डाटा सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डाटा चल्ने र चलेको भोल्युम अनुसार शुल्क काटिने व्यवस्था थियो ।

प्याकेज खरिद गरेका ग्राहकहरुले PayG  सुविधा पहिले नै निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मेन ब्यालेन्सबाट डाटा चल्ने छैन । प्याकेज नलिई डाटा चलाउन आवश्यक भएका ग्राहकहरुले भने यो सुविधा सक्रिय राख्न सक्नु हुनेछ।

यसरी डाटा सेवा निरन्तर प्रयोग गर्दा PayG मा नजाने व्यवस्थाका लागि विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२।१२।१३ को निर्णय बमोजिम नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत ‘Pay-As-You-Go निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशन अनुसार पनि कम्पनीले Pay-As-You-Go निष्क्रिय गर्ने विकल्प उपलब्ध गराएको हो ।

आगामी दिनमा नेपाल टेलिकम एपबाट समेत यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुनेछ ।

३० दिनको प्याक प्रिपेड मोबाइलमा उपलब्ध गराइएका प्याकेजहरुको समयावधि (Validity) २८ दिनको सट्टा ३० दिन कायम हुनुपर्ने माग भए बमोजिम हाल ‘प्रिपेड कम्बो २९९’ प्याक सञ्चालनमा ल्याइएको छ ।

रु. २९९ मा उपलब्ध हुने उक्त प्याक प्रयोग गरी सबै नेटवर्कमा ३०० मिनेट कल गर्न, ४ जीबी डाटा चलाउन र कम्पनीको नेटवर्कमा २० वटा एसएमएस पठाउन सकिने छ। आगामी दिनमा ३० दिन समयावधिको अन्य प्याकहरु क्रमशः बनाइने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?