काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले लाभांश घोषणा गरेका छन् । मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट करसहित ८%का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै, नबिल फ्लेक्सी क्याप फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट करसहित ५% का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यता, लाभांश प्रयोजनका लागि नबिल ब्यालेन्स्ड फन्ड–२’ ले असोज असोज ११ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, असोज १० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।




























