National life

श्री स्टील्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ फागुन २०८२, आइतबार
978Shares
श्री स्टील्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त
ncell

काठमाडौँ। नेपालमा स्टील उत्पादन क्षेत्रमा स्थापित नामका रूपमा परिचित श्री स्टील्सले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत बराबर ३३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त सेयरमा कुनै प्रिमियम नलाग्ने कम्पनीले जनाएको छ । यससँगै लगानीकर्ताले आधार मूल्यमा नै कम्पनीको स्वामित्वमा सहभागी हुने अवसर पाउनेछन् ।

Royal Enfield
nic asia capital

आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २०२६ फेब्रुअरी २६ मा आयोजित कार्यक्रममा श्री स्टील्सका निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उद्योग क्षेत्रमै सुदृढ ब्रान्ड पहिचान बनाएको श्री स्टील्सको सार्वजनिक निष्कासनले उत्पादनमूलक क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

पूर्ण स्वचालित प्रविधिमा सञ्चालनमा रहेको श्री स्टील्स टीएमटी रिबार उत्पादनमा विशेषज्ञता राख्ने उद्योग हो । संरचनाको मजबुती अभिवृद्धि गर्ने र भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने विशेषतासहितका टीएमटी रिबार उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । नेपालमा सिक्स स्ट्यान्ड ब्लक मिलसम्बन्धी अत्याधुनिक जापानी प्रविधि प्रयोग गर्ने पहिलो ब्रान्डका रूपमा श्री स्टील्स चिनिन्छ।

यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?