National life
cg eloctronics

आईपीओको पर्खाइमा रहेको हिम रिभर पावरको १६.२६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.9kShares
आईपीओको पर्खाइमा रहेको हिम रिभर पावरको १६.२६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो
muktinatha bikash bank

काठमाडौं । हिम रिभर पावर लिमिटेडले प्रवर्द्धन गरेको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा निर्माण सम्पन्न भएको आयोजनाले २०८३ मंसिर ६ गतेदेखि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडेर प्रसारण सुरु गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन तथा प्रसारण सुरु भएसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीको आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव नेपाल धितोपत्र बोर्डको अन्तिम स्वीकृतिको चरणमा रहेको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहने सेयरमध्ये १३ लाख ३० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी १३ लाख ३० हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

everest bank

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा लिपिङ खोला जलविद्युत् आयोजना निर्माण गरेको हो। कम्पनी सन् २०१० मा निजी कम्पनीका रूपमा स्थापना भएको थियो भने सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।

यसैबीच, आयोजनाले विद्युत् प्रसारण लाइन चार्ज तथा परीक्षणका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

कम्पनीका अनुसार आयोजनाको पावर हाउस स्विचयार्ड (भोटेकोशी गाउँपालिका–२) देखि सुनखानी सबस्टेसन (भोटेकोशी गाउँपालिका–४) हुँदै लामोसाँघुसम्म निर्माण गरिएको प्रसारण लाइन चार्ज गरी परीक्षण गरिनेछ।

प्रसारण लाइन चार्ज भएपछि तार तथा अन्य संरचनामा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले गम्भीर दुर्घटना हुन सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ।

त्यसैले २०८३ मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म प्रसारण लाइन आसपासमा गाईवस्तु तथा चौपाया चराउने, प्रसारण लाइनका टावर तथा संरचनामा चढ्ने, तार वा अन्य विद्युतीय संरचना छुने तथा नजिक गएर कुनै पनि गतिविधि नगर्न र नगराउन कम्पनीले स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै कम्पनीको विद्युत् उत्पादन यात्रा सुरु भएको छ भने आईपीओ निष्कासनको प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?