National life

सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला, आवेदन आजबाट सुरु

७ लाख बढी कित्ता आईपीओ बिक्रीमा: न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
5KShares
सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला, आवेदन आजबाट सुरु
ncell

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको जनाएको छ।

यसअघि कम्पनीले पहिलो चरणमा वैशाख २१ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा बिक्री सुरु गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्युयर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा असार २ र ढिलोमा असार ११ तोकिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो समाचार शेयर गर्नुहोस्
5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?