National life

७५ अर्ब डलरको आईपीओ ल्याउँदै स्पेस एक्स, नेपाली लगानीकर्ताको पहुँच कत्तिको ?

प्रति सेयर १३५ अमेरिकी डलरको दरमा बिक्री खुला गरिने तयारी गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
4.4kShares
७५ अर्ब डलरको आईपीओ ल्याउँदै स्पेस एक्स, नेपाली लगानीकर्ताको पहुँच कत्तिको ?
ncell

काठमाडौं । विश्वकै अग्रणी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले सेयर बिक्रीमार्फत करिब ७५ अर्ब अमेरिकी डलर बराबरको पूँजी जुटाउने लक्ष्य राखेको जनाइएको छ।

इलन मस्कद्वारा स्थापित यस कम्पनीको आईपीओ दुई चरणमा सार्वजनिक गरिने योजना छ। पहिलो चरणमा सेक्युरिटिज कम्पनीहरूमार्फत सेयर बिक्री हुनेछ भने अर्को चरणमा बुक बिल्डिङ विधि अपनाइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगामी जुन ४ देखि रोडशो सुरु हुने र जुन ११ देखि बुक बिल्डिङ प्रक्रियाबाट प्रति सेयर १३५ अमेरिकी डलरको दरमा बिक्री खुला गरिने तयारी गरिएको छ।

विश्लेषकहरूका अनुसार कम्पनीको समग्र मूल्याङ्कन १.५ देखि १.८ ट्रिलियन डलरसम्म पुग्न सक्ने अनुमान छ, जसले यसलाई विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनीहरूमध्ये एक बनाउनेछ।

रकेट प्रक्षेपण क्षेत्रमा बलियो उपस्थितिका साथै स्टारलिंकमार्फत स्याटेलाइट इन्टरनेट सेवा विस्तार, स्टारसिप कार्यक्रम तथा चन्द्रमा र मंगल अभियानका दीर्घकालीन योजनाले कम्पनीको मूल्य बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्। पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिले अन्तरिक्ष क्षेत्रमा लागत घटाउँदै नयाँ प्रतिस्पर्धा सिर्जना गरेको छ।

नेपाली लगानीकर्ताका लागि भने यस आईपीओमा प्रत्यक्ष सहभागी हुने कानुनी व्यवस्था हाल छैन। नेपालबाट विदेशी सेयर बजारमा लगानी गर्ने नीति नभएकाले प्रत्यक्ष लगानी सम्भव छैन। तर विदेशमा बसोबास गर्ने नेपालीहरूले सम्बन्धित देशको नियमअनुसार भने यसमा लगानी गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
4.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?